बुधबार, भदौ १०, २०८३

काठमाडौंमा एक जनामात्र कोरोना संक्रमित थपिए

भक्तपुर र ललितपुरमा भने आज एक जना पनि संक्रमित थपिएनन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

आज (बुधबार) काठमाडौं उपत्यकामा एक जनामात्र कोरोना संक्रमित थपिएका छन्।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो।

भक्तपुर र ललितपुरमा भने आज एक जना पनि संक्रमित थपिएनन्।

हिजो बुधबार काठमाडौं उपत्यकामा ७ जना संक्रमित थपिएका थिए। अहिलेसम्म काठमाडौं उपत्यकामा ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज देशका विभिन्न ठाउँमा गरिएको कोरोना परीक्षणमा १६७ जनामा पुष्टि भएको छ।

विगत २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ३४४ पुगेको छ।

हाल देशभरका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या २३ हजार ५०० छ। त्यस्तै कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ६ हजार ५६ मात्र छ।

विगत २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ रहेको छ। यो कुल संक्रमितको ६४‍.८५ प्रतिशत हो।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३९ छ।

प्रकाशित: Jul 16, 2020| 16:29 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।