बुधबार, भदौ १०, २०८३

आज १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

आज देशका विभिन्न ठाउँमा गरिएको कोरोना परीक्षणमा १६७ जनामा पुष्टि भएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- आज देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १६७ जनामा पुष्टि भएको छ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ३४४ पुगेको छ।

हाल देशभरका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या २३ हजार ५०० छ। त्यस्तै कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ६ हजार ५६ मात्र छ।

विगत २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ रहेको छ। यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३९ छ।

प्रकाशित: Jul 16, 2020| 16:27 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।