काठमाडौं– काठमाडौं उपत्यकामा ३ हजार जनामा कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल पीसीआर परीक्षणमा पोजेटिभ देखिनेको संख्या २ देखि ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार क्वारेन्टिनहरु खाली हुँदै जानु, लक्षण देखिएका व्यक्तिमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि नदेखिनुले संक्रमित संख्यामा कमी भएको हो।
पछिल्लो २४ घण्टामा मुलुकमा २७ वटा प्रयोगशालामा ४,९८१ जनाको पीसीआर परीक्षण गरिएका गौतमले बताए। तीमध्ये १६७ जनामा काेराेना पुष्टि भएकाे छ।