बुधबार, भदौ १०, २०८३

पशुपतिनाथ मन्दिरका भट्ट हटाउन लागिएको छैन : कोष

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरबाट भारतीय भट्टहरु हटाउन लागेको भन्ने हल्ला निराधार भएको बताएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरबाट भारतीय भट्टहरु हटाउन लागेको भन्ने हल्ला निराधार भएको बताएको छ।

केही दिनयता सरकारले पशुपतिमा हाल कार्यरत भट्टहरु हटाउन लागेको भनी विभिन्न अनलाइनमा आएका समाचारप्रति पशुपति क्षेत्र विकास कोषले ध्यानाकर्षण भएको जनाउँदै हटाउन नखोजिएको स्पष्ट पारेको छ।

कोषले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोचन नरहेको स्पष्ट पारेको छ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीच सदियौँदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिकरुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहेको भन्दै यस्ता भ्रामक समाचारका पछि नलाग्न अनुरोधसमेत गरेका छन्।

पशुपतिनाथ मन्दिरका मुल भट्टहरु भारतीय नागरिक हुन्।

प्रकाशित: Jul 16, 2020| 16:18 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।