कैलाली– सुदूरपश्चिम प्रदेशको तीन जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको स्थापना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय प्रदेशको कैलाली, डोटी र दार्चुलामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको स्थापना गरिएको हो । योसँगै सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा केन्द्रको स्थापना भएको छ ।
यसअघि नै कञ्चनपुर, डडेल्धुरा, अछाम, बैतडी, बाजुरा र बझाङ्ग जिल्लामा कृषि ज्ञान केन्द्रहरु स्थापना भैसकेका छन् ।
किसानहरुको सहजताका लागि प्रदेशको सबै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बताए ।
‘अहिले मन्त्रालयका कर्मचारीबाट सेवा प्रदान गरिने छ,’ कृषि मन्त्री विनितादेवी चौधरीले भनिन्, ‘किसानलाई घर दैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले जल्ला जिल्लामा कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याईएको छ ।’