बुधबार, भदौ १०, २०८३

नयाँ आवको पहिलो दिन ३२ अंकले बढ्यो सेयर बजार

आर्थिक वर्ष २०७७/७८ सुरू भएको पहिलो दिन सेयर बजारमा उछाल आएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं– आर्थिक वर्ष २०७७/७८ सुरू भएको पहिलो दिन सेयर बजारमा उछाल आएको छ।

आज शेयर बजार परिसूचक ३२.४२ अंकले बढेर १३९४.७७ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इन्डेक्स पनि २.३६ प्रतिशतले बढेको छ। सेन्सेटिभ इन्डेक्स ६.८१ अंकले बढेर २९५.०६ अंकमा पुगेको छ।

बिहीबार सेयर बजारमा १८० कम्पनीका २९ लाख १४ हजार सेयर कारोबार हुँदा १ अर्ब ४ करोड १७ लाख मूल्य बराबरको कारोबार भएको छ।

आज कारोबार भएकामध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ। बाँकीको मूल्य स्थिर रह्यो।

बिहीबार सबै समूहका उपसूचक सकारात्मक भएका छन् ।

प्रकाशित: Jul 16, 2020| 16:06 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्