माछापुच्छ्रे बैंक लि. ले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ ।
बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन्।
सो अवसरमा नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउँदा आफुलाई खुसी लागेको बताउँदै आगामी दिनमा बेंकलाई थप उचाइमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।