बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टेलिकमको सर्भर ह्याक गरेको आरोपमा सरकारी कर्मचारी पक्राउ

टेलिकमको सर्भर ह्याक गरेको आरोपमा सरकारी कर्मचारी पक्राउ

नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।

सर्भर ह्याक गरी आर्थिक गतिविधिमा पहुँच राखेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको धनकुटाबाट २८ वर्षीय दिवाकर देउजालाई पक्राउ गरेको हो।

देउजा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको व्यूरोले जनाएको छ।

देउजाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीको दावी छ। सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा देउजाले सर्भर ह्याक गरि ३०/३५ हजारको कारोबार गरेको देखिएको छ।

नेपाल टेलिकमले उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। देउजाबारे विद्युतिय कारोवार ऐन २०६३ अनुसार थप अनुसन्धान गर्न साइबर ब्युरोको जिम्मा लगाइएको सीआईबीले जनाएको छ।

प्रकाशित: Jul 16, 2020| 15:17 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।