अछाम– अछाममा घरभित्र पसेको चितुवा मृत फेला परेको छ। जिल्लाको साँफेबगर नगरपालिका–५, नवाठाना छडामा कैलाश कुँवरको घरमा पसेको चितुवा मृत भेटिएको हो।
कुकुरलाई आक्रमण गर्न आज बिहान ४ बजेतिर चितुवा कुँवरको घरमा पसेको बताइएको छ। घरभित्र पसेको ७ घण्टापछि चितुवा मृत फेला परेको हो । मृत चितुवााई वन कार्यालय अछामको टोलीले आवश्यक प्रक्रिया पुर्याएर गाड्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगन्द्रसिंह थापाले घरभित्र पसेको चितुवाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारीको टोली खटिएको बताए।
चितुवा घरभित्र पसेपछि कुँवरका परिवारका सदस्य झ्यालबाट बाहिर निस्केका थिए ।