बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको विवाद अझै टुंगिएन, तीन नेताबीचको छलफल निष्कर्षविहीन

नेकपाको विवाद अझै टुंगिएन, तीन नेताबीचको छलफल निष्कर्षविहीन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद अन्त्य गर्न भन्दै बसेको आज (बिहीबार) को बैठक पनि निष्कर्षबिहीन भएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद अन्त्य गर्न भन्दै बसेको आज (बिहीबार) को बैठक पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितको बैठक पनि कुनै टुंगोमा नपुगेर सकिएको हाे।

यसअघि दुई अध्यक्षमात्रै छलफल गर्दै आएकामा आज वरिष्ठ नेता नेपाल पनि बैठकमा सहभागी भएका थिए।

त्यस्तै प्रधानमन्त्री ओलीको पक्षबाट महासचिव विष्णु पौडेल पनि बैठकमा सहभागी भएका थिए।

बैठकमा प्रचण्ड र नेपालले ओलीलाई राजीनामा दिन सुझाएका थिए। ओलीको राजीनामा मागकै कारण नेकपाको स्थायी कमिटी बैठक विथोलिएको छ।

ओली कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन् भने प्रचण्ड, नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितले राजीनामा दिनै पर्ने अडान राखिरहेका छन्। जसका कारण पटकपटकका छलफलहरु निष्कर्षविहीन हुने गरेका छन्।

बिहीबारको बैठक पनि निष्कर्षमा नपुगेपछि अब भाेलिसम्मका लागि स्थगित भएकाे स्थायी कमिटि बैठक बस्ने नबस्नेबारे अन्याेल छ।

प्रकाशित: Jul 16, 2020| 14:38 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।