बुधबार, भदौ १०, २०८३

विचौलियाको प्रभाव घटाउन अण्डा भण्डारणमा जोड

कुखुरा पालक कृषकलाई विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत् आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

विचौलियाको प्रभाव घटाउन अण्डा भण्डारणमा जोड

नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यिय भवन निर्माण गरि ती काम गर्न लागेको हो ।

सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवन बनाइने छ । चार तलाको ती भवनमा अण्डा राख्न शीतभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसल सञ्चालन हुने छन् । सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओलीको अध्यक्षतामा नेपाल अण्डा उत्पादक कृषि सहकारी दर्ता गरिएको छ ।

शीतभण्डारका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेट विनियोजन गरीसकेको केसीले जानकारी दिए । उनका अनुसार वाग्मती प्रदेशले फरक फरक शीर्षकमा रु दुई करोड र सङ्घीय सरकारले रु ६९ लाख विनियोजन गरेको छ । काम गर्दै जाँदा आवश्यक पर्ने रकम थप गरिने आश्वासन पाएको केसीले बताए।

सङ्घका उपाध्यक्ष एवं सहकारीका अध्यक्ष ओलीका अनुसार शीतभण्डारमा एक लाख पेटी अण्डा भण्डारण गर्न सकिने छ । तापक्रम मिलाएर छोटो समयका लागि अण्डा राख्न मिल्छ । जसले गर्दा समयमा बिक्री नभएर अण्डा नष्ट हुनबाट जोगिने हुन्छ । ओलीका अनुसार सङ्घका सदस्य सहकारीमा रहनेछन् । सहकारीमार्फत अण्डा उत्पादक कृषकलाई आवश्यक चल्ला, औषधि, दाना, भाँडा, प्राविधिक परामर्शसँगै अण्डाको बजारीकरणमा पनि सहयोग गरिने उनले बताए।

कृषकलाई आवश्यक पर्ने सामग्री र अण्डा बिक्री गर्दा भएको विचौलियाको बिगबिगीलाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा सहकारीले काम गर्ने उनले जानकारी दिए । नेपाल अण्डामा आत्मनिर्भर रहेको छ । हाल दुई हजार ७०० भन्दा बढी कृषक यस पेशामा आबद्ध छन् । एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अण्डा क्षेत्रमा मात्र रु ४० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।

बजार मूल्यमा एकरुपता नहुँदा धेरै यो पेशाबाट विस्थापित भई सकेको केन्द्रीय अध्यक्ष केसी बताउँछन्। उनले भने, “हामी विचौलियाको दबदबालाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा काम गर्न लागेका छौँ ।” केसीले कृषि तथा पशुपक्षी मन्त्रालय र वाग्मती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री आफैं सकारात्मक र कृषकको पक्षमा तत्काल काम गर्नुपर्छ भन्नेमा रहेकाले सङ्घलाई बल पुगेको बताए।

रासस

प्रकाशित: Jul 16, 2020| 14:27 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।