बुधबार, भदौ १०, २०८३

सुदूरपश्चिममा थपिए १४ जना कोरोना संक्रमित

सुदूरपश्चिममा थप १४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

धनगढी- सुदूरपश्चिममा थप १४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीमा १०, कञ्चनपुरमा ३ र बझाङमा एक जना छन्। तीमध्ये ८ पुरुष र ६ महिला छन्।

यससँगै धनगढीस्थित प्रयोगशालामा कोरोना पुष्टि हुनेको संख्या एक हजार ९१ पुगेको छ।

पछिल्लो २४ घन्टामा अस्पतालको प्रयोगशालामा १७९ जनाको कोरोना परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 16, 2020| 14:21 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।