बिहीबार, साउन २१, २०८३

नमुनाको रुपमा विकास गर्न सयवटा विद्यालय छानिए (सूचीसहित)

सरकारले नमुनाको रुपमा विकास गर्न देशभरबाट १०० वटा विद्यालय छनोट गरेको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

सरकारले नमुनाको रुपमा विकास गर्न देशभरबाट १०० वटा विद्यालय छनोट गरेको छ।

शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमुनाको रुपमा विकास गर्न देशभरका सय वटा विद्यालय छानेको हो।

विगतमा नमुना विकासका लागि छनोट नभएका विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ। विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले बताएको छ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाइको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन्।

 

प्रकाशित: Jul 16, 2020| 13:55 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्