बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद : दुई अध्यक्षबीचको छलफलमा नेपाल पनि सहभागी

नेकपा विवाद : दुई अध्यक्षबीचको छलफलमा नेपाल पनि सहभागी

पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच निरन्तर भइरहेको छलफलले समाधान पहिल्याउन नसकेपछि आज भइरहेको छलफलमा वरिष्ठ नेता माधव नेपाल पनि सहभागी भएका छन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं– पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच निरन्तर भइरहेको छलफलले समाधान पहिल्याउन नसकेपछि आज भइरहेको छलफलमा वरिष्ठ नेता माधव नेपाल पनि सहभागी भएका छन्।

छलफलमा पार्टीभित्रको विवाद सल्टाउने र स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति खोजिंदै छ।

मंगलबार र बुधबार केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा कुनै सहमति हुन नसकेपछि आज नेपाल पनि सहभागी भएका हुन्। एक साताअघि पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए।

नेकपाभित्र दाहाल–नेपाल समूहले केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाव दिइरहेको छ भने ओली दुबै पदबाट राजीनामा नदिने अडानमा छन्।

१० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल–नेपाल समूहले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधानका लागि स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित गरिएको छ।

 

प्रकाशित: Jul 16, 2020| 12:35 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।