बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुल्पिङकट्टी पहिरोमा दुई जनाको शव भेटियो, तीन बेपत्ता

फुल्पिङकट्टी पहिरोमा दुई जनाको शव भेटियो, तीन बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिरोबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिरोबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन् । बेपत्ता भएका चौरासी वर्षीया सोमसाङ शेर्पा, ४८ वर्षीया महिला र १२ वर्षीया छिरीङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन् । उनकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन् । ग्याल्जेन भने काठमाडौंमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए ।

पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ ।

आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित: Jul 16, 2020| 12:18 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।