काठमाडौं- सुनको मूल्य आज (बिहीबार) तोलामा सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम छ। हिजो यसको मूल्य अहिलेसम्मकै सर्वाधिक ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन पनि प्रतितोला सय रुपैयाँ घटेर ९२ हजार २६० रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य भने प्रतितोला १००५ रुपैयाँमा यथावत छ।