बुधबार, भदौ १०, २०८३

मन्त्री निवासअगाडि ‘इनफ इज इनफ’ ग्रुपको खबरदारी

इनफ इज इनफ ग्रुपका सदस्यहरुले ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अगाडि प्रदर्शन गरेका छन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

इनफ इज इनफ ग्रुपका सदस्यहरुले ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अगाडि प्रदर्शन गरेका छन्।

आफूहरुसँग हालै भएको १२ बुँदे समझदारी कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले उनीहरुले प्रदर्शन गरेका हुन्।

सहभागी युवाहरुले ‘सञ्चै मन्त्रीज्यू ? १२ बुँदे सहमति कहाँ पुग्यो ? धोका किन ?’ ‘सम्झौता कार्यान्वयन गर, क्वारेन्टिन तत्काल सुधार गर आदि लेखिएका प्ला कार्ड बोकेका थिए।

सम्झौता कार्यान्वयनका लागि मन्त्रीहरु र त्यसमा पनि स्वास्थ्यमन्त्रीलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको इनफ इज इनफ ग्रुपले जनाएको छ।

कोरोनाको महामारी नियन्त्रण र रोकथाममा सरकारको प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा अनसनमा बसेका युवाहरु र सरकारबीच २३ असारमा १२ बुँदे सहमति भएको थियो।

सत्याग्रही युवा र स्वास्थ्य मन्त्रालयबीच भएपछि इनफ इज इनफका सत्याग्रही इशान अधिकारी ९ईः० सहितले अनशन तोडेका थिए।

विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छाअनुसार होम क्वारेन्टिन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको थियो। होम क्वारेन्टिनको निर्देशिका एक हप्ता भित्र तयार पार्ने सहमति पनि भएको थियो।

यस्तै, जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीतिअनुसार पीसीआर परीक्षण गर्नेगरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने सहमति भएको थियो।

सरकारको कार्य विरुद्ध शान्तिपूर्ण आन्दोलन थालेका युवाहरु पछिल्लो समय आमरण अनसन बसेका थिए।

 

प्रकाशित: Jul 16, 2020| 10:54 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।