काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशीमा बुधबार राति आएको पहिरोमा परेर वेपत्ता भएका पाँचै जनाको परिच खुलेको छ।
भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परी बेपत्ता हुनेमा वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमबुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।
वेपत्ता भएका सबै एकै परिवारका हुन् । पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेकोमा ग्याल्जेन शेर्पाका परिवारका सदस्यहरु वेपत्ता भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
उद्धारका लागि अहिले प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका छन् । अहिलेसम्म कसैको पनि अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।