बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि साउन ५ देखि ९ सम्म देशभर भीषण वर्षा हुने, बाढी र पहिरोको खतरा उच्च

फेरि साउन ५ देखि ९ सम्म देशभर भीषण वर्षा हुने, बाढी र पहिरोको खतरा उच्च

भारी वर्षासँगै सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने, विभिन्न ठाउँमा बाढी, पहिरो जानुका साथै डुवान हुन सक्ने भएकाले सचेत हुन विभागले भनेको छ ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- आगामी साउन ५ गतेबाट पुनः मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

साउन ५ देखि ९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक हप्ताअघि भएको वर्षा भन्दा साउन ५ बाट ठूलो वर्षा हुनसक्ने छ ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मति प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै क्षेत्रमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम विभागले अपिल गरेको छ ।

भारी वर्षासँगै सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने, विभिन्न ठाउँमा बाढी, पहिरो जानुका साथै डुवान हुन सक्ने भएकाले सचेत हुन विभागले भनेको छ ।

बाढीपूर्वानुमान महाशाखाले पनि साउन ५ देखि ९ गतेसम्म बाढी जोखिम उच्च भएकाले सतर्क रहन भनेको छ ।

उसले निकालेको बाढी पूर्वानुमान बुलेटिनमा लेखिएको छ- 'आगामी साउन ४ गतेदेखि देशैभरका नदीमा बहाब बढ्ने छ । साउन ५ देखि ९ सम्म कन्काइ, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका साहयक नदि लगायत प्रदेश १, २ बागमती, गण्डकी र प्रदेश ५ का चुरे तराइ भइ बहने नदिमा बहाब उल्लेख्य बढ्ने छ ।'

सर्तकता आसपासदेखि खतरासम्म पुग्ने भएकाले नदीतटिय क्षेत्रका कृयाकलाप रोक्न र सतर्क हुन बाढी पूर्वानुमा महाशाखाले अपिल गरेको छ ।

प्रकाशित: Jul 16, 2020| 08:34 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।