काठमाडौं- पछिल्लो समयमा बैंकहरुमा तरलता समस्या दिनानुदिन चर्कंदै गइरहेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा र पुँजी-निक्षेपको अनुपात (सीसीडी रेसियो)को प्रावधान हटाएर कर्जा-निक्षेप अनुपातको प्रावधान लागू गरेसँगै बैंकमा कर्जायोग्य रकमको अभाव भएको हो।
नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो व्यवस्थापन गर्नुपर्ने मौद्रिक नीतिमार्फत् व्यवस्था गरेको छ। कर्जा-निक्षेप अनुपात ९० प्रतिशत कायम हुनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ। यस्तो व्यवस्थाले लगानीयोग्य पुँजीको अभाव सुरु भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले बताएका छन्।
राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको केही दिनमा नै बैंकहरुसँग कर्जा प्रवाहका लागि रकम अभाव भएको हो। कर्जा-निक्षेप अनुपातको ९० प्रतिशत सीमाको प्रावधानले तरलता अभावको समस्या देखिने कुरा बैंकरहरुले त्यसबेलै उठाएका पनि थिए।
तरलताको अभाव हुनुमा कर्जा-निक्षेप अनुपातको व्यवस्था मात्र कारक नभएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन्। ‘राष्ट्र बैंकले गरेको कर्जा-निक्षेप अनुपातको व्यवस्थाले केही अर्ब रुपैयाँ कम भएपनि सोही कारणले तरलताको समस्या आएको भने होइन,’ उनले भने, 'सरकारले खर्च बढाउन नसक्दा बैंकहरुले तरलताको समस्या भोगिरहेका छन्। सरकारले राजस्व उठाइरहेको छ। तर खर्च गर्न नपाउँदा प्रणालीमा भएको रकम सरकारी खातामा गएर अड्किएको छ। तरलता अभावको यो पनि अर्को प्रमुख कारण हो।'
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ २० गते विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ बराबरको ऋण लिएका छन्।
तरलता अभाव भएका कारण बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याज तिरेर स्थायी तरलता सुविधा (एसएलएफ) अन्तर्गतको रकम लिइरहेका छन्। गत २८ करोबार दिनमा मात्र नेपाल राष्ट्र बैंकबाट १७२ पटक विभिन्न बैंकहरुले ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ बराबरको कर्जा सापटी लिएका छन्।
यस्तो सापटी ७ दिनका लागि मात्र हुने नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ बताउँछन्। उनका अनुसार आफूसँग आइडल फन्ड नभएपछि लगानी थपेर व्यवसाय विस्तारका लागि राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले ऋण लैजान सक्ने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ २० गते विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ बराबरको ऋण लिएका छन्। भदौ २१ गते भने २८ दिनमध्ये सबैभन्दा कम ६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ।
पछिल्लो ११ दिनयता नेपाल राष्ट्र बैंकबाट बैंंकहरुले लिएको कर्जा सापटी