बुधबार, भदौ १०, २०८३

सिन्धुपाल्चोकमा फेरि पहिरो गयाे, पाँच जना वेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् ।

बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति जना थिए भन्ने विषयमा थप खोजी र अनुसन्धान भइराखेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन् । स्थानीयहरु आफैले वेपत्ताको खोजी गरिराखेका छन् । आफूहरु घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

पुरिएको घर कसको हो भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन् । स्थानीयको भनाइ उदृत गर्दै अध्यक्ष पौडेलले दिएको जानकारी राति ठूलो वर्षापछि अकस्मात ठूलो आवाजमा पहिरो झरेको थियो । स्थानिय त्रसिएर बाहिर निस्किएका थिए ।

यसअघि सिन्धुपाल्चोकमा असार २४ गते मध्यराति बाढीसँगै पहिरो आउँदा २ जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए । वेपत्ताको अबस्था अझै अज्ञात छ ।

प्रकाशित: Jul 16, 2020| 07:08 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।