मंगलबार, जेठ ५, २०८३

डब्लुएचओको सुझाव- कोरोना संक्रमितको कडा निगरानी गर्नू

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ।

National life

संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो।

विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन दश लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको छ। भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रति दिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ ।

तर पछिल्ला हप्ताहरुमा भारतमा प्रति दश लाख नागरिकमध्ये कतै कतै त ८ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरुमा एक हजार २०० भन्दा पनि बढी प्रयोगशालाहरुबाट शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बताइएको छ ।

यहाँका सरकारी स्वास्थ्य संस्थामा ८६५ वटा ल्याब छन् भने नीजि स्वास्थ्य संस्थाहरुमा ३५८ वटा परीक्षण गर्ने ल्याब छन् । ती ल्याबहरुबाट दिनहूँ ठूलो संख्याका मानिसहरुको कोरोना परीक्षण गर्ने गरिएको छ। २४ घन्टामा तीन लाखभन्दा बढीको कोरोेना भाइरस पोजेटिभ भए नभएको परीक्षण गर्ने गरिएको बताइएको छ ।

यहाँका २ लाख ७० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु चिकित्सकको निगरानीमा अस्पताल तथा क्वारेन्टाइनमा नै बसिरहेको एक तथ्यांकले देखिएको छ ।
रासस

प्रकाशित: Jul 16, 2020| 06:16 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्