बुधबार, चैत ११, २०८२

अनलाइन कक्षा आजदेखि बन्द

अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

निजी विद्यालयले आजबाट अनलाइन कक्षा बन्द गरेका छन्। निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले गरेको निर्णयअनुसार अनलाइन कक्षा बन्द गरेका हुन्।

National life

अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ।

त्यसैगरी विद्यालयका शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णयसमेत निजी विद्यालयले गरेका छन्।

अनलाइन कक्षा चलाएबापत शुल्क उठाउन पाउनुपर्ने लगायत आफूहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै यस्तो निर्णय लिन आफूहरु बाध्य भएको प्याब्सन र एनप्याब्सनले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 16, 2020| 06:00 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्