विश्वका धनीहरुको सूचीमा अग्रपंक्तिमा आउने एलन मस्क, जेफ बेजोस, बिल गेट्स लगायत कैयौं हाइ प्रोफाइल व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक भएको छ। उनीहरुको एकाउन्ट ह्याक गरेर बिटक्वाइनका लागि रुपैयाँ मागिएको पाइएको छ।
बिल गेट्सको एकाउन्टबाट ट्विट गरिएको छ, ‘तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर पठाइदिन्छु।’
टेस्ला कम्पनीका मालिक एलन मस्कको एकाउन्टमा पनि यस्तै ट्विट गरिएको छ।
अमेरिकाका प्रख्यात र्यापर कान्वे वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा तथा डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उमेदवार जो बाइडेनको ट्विटर एकाउन्ट पनि ह्याकरको कब्जामा परेको छ।
त्यसैगरी एप्पल तथा उबर कम्पनीको एकाउन्ट पनि ह्याक भएको छ। करोडौं फलोअर भएका एकाउन्ट ह्याकरको निशानामा परेका छन्।
ह्याकिङ प्रकरणपछि ट्विटर डाउन भएको र पोस्टसमेत नभएको थुपै्र प्रयोगकर्ताले बताएका छन्। ट्विटरले घटनाको जाँच भइरहेको बताएको छ।
बीबीसी