बुधबार, भदौ १०, २०८३

एक वर्षमा करिब ६ अर्बका गाडी किन्यो सरकारले

सरकारले एक वर्षमा ५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ बराबरको गाडी खरिद गरेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– सरकारले एक वर्षमा ५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ बराबरको गाडी खरिद गरेको छ।

महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विनियोजित रकमभन्दा ४०६ प्रतिशत बढी रकमको गाडी खरिद भएको उल्लेख गरेको हो।

गत वर्ष गाडी खरिद शीर्षकमा १ अर्ब ४४ करोड २६ लाख रुपैयाँ विनियोजन भएको थियो।

सरकारले रकमान्तरबाट थप गरी विनियोजनभन्दा ४०६ प्रतिशत बढी अर्थात् ५ अर्ब ८६ करोड ८२ लाख खर्च गरेको छ।

प्रतिवेदनअन्सार उक्त रकमबाहेक मातहतका निकायबाट कन्टिन्जेन्सीको रकम विभागमा प्राप्त गरी एवं निर्माण ठेक्कामा समावेश गरेर समेत सवारी साधन खरिद हुने गरेको छ।

स्थानीय तहले खरिद गरेको सवारी साधनको रकम यसमा समावेश छैन।

प्रकाशित: Jul 15, 2020| 19:12 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्