काठमाडौं– बिहीबारदेखि साझा यातायातले सेवा सुरु गर्ने भएको छ।
साझाले पहिलेकै रुटमा बिहान ७ बजेदेखि सुरक्षा मापदण्ड पालना गर्दै सेवा सुरु गर्न लागेको हो।
साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले सुरुवातका केही दिनमा आधा संख्यामा गाडी सञ्चालनमा ल्याउने जानकारी दिए।
अहिले दैनिक २६ वटा बसले सेवा दिनेछन्।
तुलाधरका अनुसार सेवा सुरु गर्नुअघि हरेक दिन गाडी चालक तथा सहचालकको तापक्रम जाँच गरिने र गाडीलाई निसंक्रमण गरिने छ।
मास्क नलगाएका यात्रुले गाडीमै किन्न पाउनेछन्।
यसअघि सुन्दर, मयूर, संयुक्त, नेपाल यातायातलगायतले काठमाडौंमा आंशिक सेवा दिइरहेका छन्। त्यसैगरी केही सफा टेम्पो पनि चलिरहेका छन्।