मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोती घटना : थप पाँच अभियुक्तलाई पुर्पक्षमा पठाउन अदालतको आदेश

सोती घटना : थप पाँच अभियुक्तलाई पुर्पक्षमा पठाउन अदालतको आदेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका फरार पाँच अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका फरार पाँच अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।

अदालतसमक्ष आत्मसमर्पण गरेका पाँचै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको अदालतका निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए।

पुर्पक्षको लागि थुनामा जानेहरुमा चौरजहारी नगरपालिका–८ का तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती छन्।

पाँच जना फरारको सूचीमा रहेकामध्ये भीमबहादुर घर्ती असार २८ गते जिल्ला अदालतमा आफै हाजिर भएपछि सोही दिन पुर्पक्षको लागि थुनुवामा राख्ने आदेश भएको थियो।

योसँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको छ। जसमा दुई जना नाबालक रहेको र उनीहरुलाई बाल सुधार गृहमा राख्ने आदेश भएको थियो।

तीन जना साधारण तारेख र एक जना एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो।

ज्यान जानेमा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपाली छन्।

 

प्रकाशित: Jul 15, 2020| 18:09 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।