काठमाडौं– बलात्कार आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले एक महिलाले बलात्कार गरेको उजुरी दिएपछि अधिकारीलाई नियन्त्रणमा लिएको जानकारी दिए।
‘महिलाको उजुरीका आधारमा अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ,’ श्रेष्ठले भने, ‘महिलाको स्वास्थ्य परीक्षण पनि सुरु गरिएको छ।’
भरतपुर चितवनकी एक महिलालाई बुधबार आफ्नो क्वार्टरमा खाना खान बोलाएर बलात्कार गरेको उजुरी एसएसपी अधिकारीमाथि परेको छ।
