बुधबार, भदौ १०, २०८३

कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण, १३ डिस्चार्ज

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ३ का तीन जना, वडा नम्बर ४ का आठ जना, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का एक जना र बराहताल गाउँपालिका वडा नम्बर ४ का दुई जना छन्।

त्यस्तै, दैलेखको महावु गाउँपालिका वडा नम्बर ९ का दुई जना, चामुन्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ५, जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर २ र अछामको तुर्मादाँद गाउँपालिका वडा नम्बर ७ का एक/एक जना छन्।

त्यस्तै, सल्यानको बनगाड पुपिन्डे नगरपालिका वडा नम्बर ३ र ८ का एक/एक जना र कुमाख गाउँपालिका वडा नम्बर ४ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ७१४ पुगेको छ।

कर्णालीमा आज १३ जना डिस्चार्ज भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना, दैलेखको दुल्ल अस्पतालबाट चार जना, नौमुले आइसोलेसन सेन्टरबाट तीन जना, कालिकोटको सान्नीत्रिवेणीबाट चार जना र पलाँता आइसोलेसन सेन्टरबाट एक जना डिस्चार्ज भएका हुन्।

हालसम्म कर्णाली प्रदेशमा एक हजार चार सय ७५ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन्।

प्रकाशित: Jul 15, 2020| 16:51 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।