बुधबार, भदौ १०, २०८३

कोरोना अपडेट : ११६ जना संक्रमित थपिए, ६९७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा रहेका ६९७ सय जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा रहेका ६९७ सय जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

योसँगै अहिलेसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या ११ हजार २५ पुगेको छ। यो संख्या कुल संक्रमितको ६४.२ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण भएकोमा ११६ जनामा कोरोना पुष्टि भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना छन् भने आइसोलेसनमा ६ हजार ११३ जना संक्रमित छन्।

त्यस्तै, नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ। रौतहटका ३६ वर्षीय युवाको मंगलबार दिउँसो मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनी केही समयअघि आफ्ना दाइको मृत्यु भएपछि अन्तिम संस्कारका लागि भारत गएका थिए। भारतबाट आएर क्वारेन्टिनमा बसेका उनलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या आएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएलगत्तै कोरोना परीक्षण गरिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो। स्वास्थ्य जटिल बनेपछि आज बिहानदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

प्रकाशित: Jul 15, 2020| 16:29 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।