मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस

प्रधानमन्त्रीले शासन गर्ने नैतिक आधार गुमाए : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाइसकेको बताएको छ।

प्रधानमन्त्रीले रामको जन्मस्थलबारे दिएको अभिव्यक्ति सरकार र सत्तारुढ दल नेकपाको मत नभएको प्रष्ट भएकोले ओलीले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको बताएको हो।

कांग्रेसले प्रश्न गरेको छ– प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैन भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

अहिलेको परिस्थितिमा पनि प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको भएको कांग्रेसको ठहर छ।

नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व गम्भीर कुटनैतिक पहलकदमी नगरेर नक्सालाई सत्ता राजनीतिको व्यक्तिगत हतियारका रूपमा उपयोग गरेको कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग पनि गरेको छ।

प्रकाशित: Jul 15, 2020| 15:52 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।