मंगलबार, भदौ ९, २०८३

ओली–दाहालबीच अझै भएन सहमति, बिहीबार पनि छलफल हुने

दुई अध्यक्षबीच बिहीबार फेरि पुन: छलफल हुने बताइएको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच आज (बुधबार) भएको छलफलमा पनि कुनै सहमति जुट्न सकेन ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा भएको छलफलबाट ठोस सहमति जुट्न नसकेको बुझिएको छ।

दुई अध्यक्षबीच बिहीबार फेरि पुन: छलफल हुने बताइएको छ । ओली र दाहालबीच मंगलबार पनि छलफल भएको थियो।

गत साता पनि तीन दिन लगातार छलफल गरेका ओली र दाहालबीच सहमति जुट्न नसकेपछि थप छलफल गर्न भन्दै साउन २ सम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित छ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ।

प्रकाशित: Jul 15, 2020| 15:40 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।