बुधबार, भदौ १०, २०८३

बुहारी हत्याका आरोपित चारै जना कारागार चलान

बिमा रकमकै लागि बुहारीको हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- बिमा रकमकै लागि बुहारीको हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

हेटौंडा–४, कर्राकी २६ वर्षीया सुस्मिता थापाको हत्याका आरोपित चारै जनालाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

सोमबारदेखि सुरु भएको थुनछेक बहसको बुधबार आदेश गर्दै जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

सुस्मिताको हत्यामा संलग्नको आरोपमा ससुरा प्रकाश थापा, सासू तुलसीकुमारी थापा, नन्द सीता थापा, आमाजू २७ वर्षीया दुर्गा थापा कारागार चलान भएका हुन्।

असार २ गते भएको घटनाका चार अभियुक्तलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय, मकवानपुरले सार्वजनिक गरेको थियो। आमाजू दुर्गा थापाका पति अरुण कार्की भने फरार रहेको प्रहरीले जनाएको छ।

सुस्मिताका पति रूपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएपछि बिमाबाफत पाउने रकमका लागि परिवार मिलेर बुहारीको हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ।

बीमाको रकमकै लागि परिवार मिलेर सुस्मिताको हत्या

प्रकाशित: Jul 15, 2020| 15:35 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।