बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथामका लागि भर्ना गरिएका स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थप

कोरोना रोकथामका लागि भर्ना गरिएका स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थप

कोरोना भाइरस (कोभिड-१९)को रोकथाम, नियन्त्रण र उपचारका लागि करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीको समयावधि थपिएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को रोकथाम, नियन्त्रण र उपचारका लागि करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीको समयावधि थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २९ गतेको बैठकले कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि करारमा भर्ना गरिएका चिकित्सक, नर्स, ल्याब प्राविधिकलगायतको करार अवधि पुस मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो।

मन्त्रालयले सम्बन्धित स्वास्थ्य संस्थालाई पत्रमार्फत करार अवधि थप्न निर्देशन दिएको छ।

कोरोना भाइरसको उपचार, रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागसहित १५ अस्पतालमा स्वास्थ्यकर्मी भर्ना गरिएका छन्।

प्रकाशित: Jul 15, 2020| 15:24 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।