मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशी स्यानिटाइजर ल्याउन म्याद थपियो, थप आन्दोलन गर्छौं : औषधि उत्पादक संघ

विदेशी स्यानिटाइजर ल्याउन म्याद थपियो, थप आन्दोलन गर्छौं : औषधि उत्पादक संघ

सरकारले ह्याण्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गरेको विरोधमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले आज तेस्रो दिन पनि औषधि व्यवस्था विभाग अगाडि धर्ना दिएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- सरकारले ह्याण्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गरेको विरोधमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले आज तेस्रो दिन पनि औषधि व्यवस्था विभाग अगाडि धर्ना दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै नेपालमा विक्री वितरण भइरहेका स्यानिटाइजर दर्ता गर्न तीन महिना समय थप गरेको थियो ।

मन्त्रालयको म्याद थप गर्ने नीतिले दर्ता विनाका गुणस्तरहिन स्यानिटाइजरलाई थप तीन महिनासम्म बजारमा जाने बाटो खुलेको र यसले जनस्वास्थ्यमा समेत गम्भीर असर पुग्ने भन्दै एपोनले निर्णय खारेजीको माग गरेको हो ।

२५ असारमा एपोनले उक्त निर्णय फिर्ता लिन सरकारलाई तीन दिनको समयमावधि दिएको थियो तर, उक्त अवधिमा निर्णय फिर्ता नभएपछि आन्दोलन सुरु भएको हो।

जारी धर्नामा नेपाल उद्योग बाणिज्य महासंघ, आयुर्वेदिक औषधि उत्पादक संघ, निर्यात व्यवसायी महासंघ नेपाल, नेपाल जेम्स एण्ड जुलरी एसोसिएसन लगायतको ऐक्यवद्धता छ ।

‘सरकारलाई निर्णय फिर्ता लिनको लागि हामीले तीन दिनको म्याद दिएका थियौं, त्यो म्याद सकिएको पनि तीन दिन भइससक्यो। हामी आन्दोलनका थप कार्यक्रमहरु गर्छाैं,’ एपोनका महासचिव विप्लव अधिकारीले भने।

अहिले नेपालमा ४० वटा उद्योगले १२० वटा फ्याक्ट्रीबाट स्यानिटाइजर उत्पादन गरिरहेका छन्। अधिकारीका अनुसार बजारमा स्यानिटाइजरको अभाव छैन। नेपालमै पर्याप्त मात्रामा गुणस्तरीय स्यानिटाइजर बनिरहेका बेला विदेशी कम्पनीका स्यानीटाइजर भित्र्याउनको लागि समयावधि बढाइएको एपोनको आरोप छ ।

प्रकाशित: Jul 15, 2020| 14:35 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।