मंगलबार, भदौ ९, २०८३

लायन्सद्वारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

विराटनगर– लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ।

शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि आवश्यक पर्ने भाइरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्री, पूर्वगर्भनरहरु भीम घिमिरे, लीला ढुंगेल, लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानका फस्ट भाइस डिस्ट्रिक गभर्नर रेवत कार्की लगायतले भीटीएम किट हस्तान्तरण गरेका हुन्।

लायन्स क्लबले कोसी अस्पताल विराटनगरलाई १ हजार ४ सय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ हजार ४ सय भीटीएम किट हस्तान्तर गर्ने जनाएको छ।

प्रदेश १ मा १० हजार डलर बराबरको किट हस्तान्तरण हुने लायन्स क्लव डिस्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर खत्रीले बताए।

प्रकाशित: Jul 15, 2020| 13:58 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।