मंगलबार, भदौ ९, २०८३

प्रदेश १ : समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

प्रदेश १ मा समुदाय स्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

विराटनगर– प्रदेश १ मा समुदाय स्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ। पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ।

प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। परीक्षणको दायरा बढाउन माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको भनाइ छ। 

कोरोना उपचार केन्द्र र क्वारेन्टिनबाट डिस्चार्ज भएकाको परिवार र आसपासका स्थानको छनोट गरेर नमुनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए। पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उनले बताए।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले बताए।

‘सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण देखिएन’, उनले भने। सुरक्षाकर्मीपछि स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ। उनले भने, ‘निजी अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ।’ स्वास्थ्यकर्मीको परीक्षणपछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेले बताए ।

मन्त्री घिमिरेले भने, ‘क्वारेन्टाइनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्म परीक्षण भइरहेको छ।’

प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दो क्रममा छ।

प्रकाशित: Jul 15, 2020| 13:53 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।