बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात व्यवसायी र मजदुरका समस्याबारे कांग्रेस गम्भीर

यातायात व्यवसायी र मजदुरका समस्याबारे कांग्रेस गम्भीर

कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायात क्षेत्रमा देखिएमा समस्या समाधान लागि पार्टीका तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायात क्षेत्रमा देखिएमा समस्या समाधान लागि पार्टीका तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।

उनले लकडाउनका कारण व्यवसायी र मजदुरले भोगेका समस्या समाधानका लागि कांग्रेसका तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘व्यवसायी र मजदुरका समस्याबारे हामी गम्भीर छौं। समस्या समाधानका लागि सक्दो पहल हुनेछ’, देउवालाई उधृत गर्दै भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल समयसँग भने।

देउवा निवास बूढानीलकण्ठमा बुधबार पुगेका यातायात व्यवसायी र मजदुरका प्रतिनिधिले सभापति शेरबहादुर देउवासँग यातायात क्षेत्रमा विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका थिए।

व्यवसायी तथा मजदुरले देउवासँग बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने र कागजात नवीकरणलाई सहज बनाउनुपर्ने माग अघि सारेका छन्।

यस्तै श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बिमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउनुपर्ने माग उनीहरूको छ।

व्यवसायी र मजदुरले सबै दलका शीर्ष नेतालाई भेटेर यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्ने क्रम जारी रहेको अध्यक्ष सिटौलाले बताए।

प्रकाशित: Jul 15, 2020| 13:42 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।