मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा सवारी कर जरिबाना मिनाहा

सुदूरपश्चिम प्रदेश सरकारले दुई आर्थिक वर्षको सवारी कर जरिबाना मिनाहा गरेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले दुई आर्थिक वर्षको सवारी कर जरिबाना मिनाहा गरेको छ।

यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै असोजभित्र सवारी कर बुझाए जरिबाना छुट दिने जानकारी दिएको छ।

यातायात व्यवस्था कार्यालय धनगढीले आव २०७५/०७६ र आव २०७६/०७७ को कर असोजभित्र बुझाए जरिबाना छुट दिने निर्णय भएको जनाएको छ।

प्रदेश सरकारको अर्थसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १४ अनुसार सो निर्णय भएको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख लक्ष्मण शाहले बताए।

प्रकाशित: Jul 15, 2020| 13:06 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।