बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई रेमिटेन्समार्फत बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा हुने

आईएमई रेमिटेन्समार्फत बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा हुने

आईएमई रेमिटेन्समार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा रियल टाइममा (तुरुन्तै) जम्मा हुने भएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं– आईएमई रेमिटेन्समार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा रियल टाइममा (तुरुन्तै) जम्मा हुने भएको छ।

देश तथा विदेश जहाँबाट पनि नेपालमा रहेका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा सिधै पैसा जम्मा गर्न सकिने छ।

त्यस्तै विश्वभर रहेका २०० बढी एजेन्टमार्फत पनि बैंक खाता तथा मोबाइल वालेटमा पैसा जम्मा गर्न सकिने छ।

नेपालभर २२५ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् पैसा पाउन तथा पठाउन सकिन्छ। आईएमई पे का करिब २५ हजार एजेन्ट आउटलेट छन्।

प्रकाशित: Jul 15, 2020| 12:52 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्