बिहीबार, साउन २१, २०८३

कोरोनाविरुद्धको खोपले मानिसको प्रतिरक्षा प्रणाली बढायो, थप परीक्षण गरिँदै

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अमेरिकालाई महत्वपूर्ण सफलता हात लागेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अमेरिकालाई महत्वपूर्ण सफलता हात लागेको छ।

अमेरिकामा हालै परीक्षण गरिएको एउटा खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा वैज्ञानिकहरूले अपेक्षा गरेअनुसारको फाइदा पुगेको हो।

यो खोपको परीक्षण गर्न भने बाँकी छ। अमेरिकाका महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यसलाई राम्रो खबर भनेका छन्। नेसनल इन्स्टिच्युट्स अफ हेल्थ र मोडेर्ना इन्कमा डा. फाउचीका सहकर्मीहरूले उक्त खोप विकसित गरेका हुन्।

यही जुलाई २७ मा यो खोपको सबैभन्दा महत्वपूर्ण चरण सुरु हुनेछ। ३० हजार मानिसमा उक्त खोपको परीक्षण गरिने भएको छ। खोपले साँच्चै कोभिड–१९ बाट मानव शरीरलाई बचाउन सक्छ कि सक्दैन भन्ने यकिन यो परीक्षणले गर्ने बताइएको छ।

खोप परीक्षणको अन्तिम नतिजा कहिले आउँछ भन्ने यकिन नभए पनि यो वर्षको अन्त्यसम्ममा ट्रायल पूरा हुने अनुमान गरिएको छ।

मंगलबार (हिजो) पनि शोधकर्ताहरूले ४५ जनामा एउटा परीक्षण गरेका थिए। सो परीक्षणको नतिजा आइसकेको छैन।

- बीबीसी

याे पनिः  मुसा र खरायोमा भएको कोरोना भ्याक्सिन परीक्षण भारतमा सफल, मानिसमा परीक्षण हुँदै

 

 

प्रकाशित: Jul 15, 2020| 12:06 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्