विराटनगर– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका १५ जना कोरोनामुक्त भएका छन्।
पछिल्लो पटक प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेमा ९ पुरुष र ६ महिला रहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा भर्ना उपचार गराएर हालसम्म २ सय ५४ बिरामीले कोराना जितेर डिस्चार्ज भएका छन्।
प्रतिष्ठानमा पीसीआर परीक्षण गर्नेको संख्या ११ हजार ६ सय ६६ जना छ। प्रतिष्ठानमा अहिले १३ जना कोरोना संक्रमित उपचार गराइरहेका छन्।
