बुधबार, भदौ १०, २०८३

विप्लव समूहका सेती महाकाली इन्चार्ज पक्राउ

विप्लव समूहका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन्।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

धनगढी- विप्लव समूहका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन्। उनलाई धनगढी उपमहानरपालिका-७, बेलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती महाकाली ब्युरो इन्चार्ज नेतृ गाैरा भनिने पूर्णिमा धामी पनि पक्राउ परेकी छन्। धामी पुनकी पत्नी हुन्।

पक्राउ परेकामध्ये पुनको साथबाट कटुवा पेस्तोल र एक राउन्ड गोलीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा विशेष प्रहरी टोलीले खोजतलास गर्दा पुन र धामी पक्राउ परेका हुन्।

पुन जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–९ निवासी हुन् भने धामी डडेल्धुरा पर्शुराम नगरपालिका–७ निवासी रहेको बिष्टले बताए। उनीहरूको साथबाट मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रकाशित: Jul 15, 2020| 11:05 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।