पोखरा– पोखरामा मास्क नलगाई हिँड्ने ११० जना कारबाहीमा परेका छन्। सम्झाई–बुझाई गर्दासमेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
एक सय १० जनालाई पक्राउ गरी १ सय रुपैयाँ जरिबाना तिराएर छाडिएको कास्की प्रहरीले जनाएको छ।
कारबाहीमा पर्नेमा ९५ पुरुष र १५ महिला छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगर्नेमाथि कारबाही गरिएको हो।
कास्कीमा मास्क नलगाउने १ सय ५१ जना कारबाहीमा परेका छन्।
