मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र प्रचण्डबीच आज विशेष वार्ता हुने, जुट्ला त सहमति ?

ओली र प्रचण्डबीच आज विशेष वार्ता हुने, जुट्ला त सहमति ?

नेकपा भित्रको जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विशेष वार्ता हुने भएको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- नेकपा भित्रको जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विशेष वार्ता हुने भएको छ ।

आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटरमा दुई अध्यक्षबीच 'वन टु वन' वार्ता हुने प्रचण्डको निजी सचिवालयले जनाएको छ । पटक पटक छलफल भएपनि कुनै सहमति जुट्न नसकेपछि आज विशेष छलफल हुन लागेको हो ।

दुई अध्यक्षबीच सहमति खोज्न भन्दै लगातार तीन पटक स्थायी समिति बैठक स्थगित गरेपनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन् । असार २२ गते डाकिएको स्थायी समिति बैठक पटक पटक स्थगित गर्दै साउन २ गतेसम्मलाई सारिएको छ ।

असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमसहितका नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने बताउँदै आउका छन् ।

तर, प्रधानमन्त्री ओली कुनै पनि हालतमा दुईमध्ये एक पदबाट समेत राजीनामा नदिने अडानमा छन् । उनको अडानमा र नेताहरुको दबाबका कारण नेकपा भित्रको विवाद थप पेचिलो बनेको छ ।

प्रकाशित: Jul 15, 2020| 09:33 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।