मंगलबार, भदौ ९, २०८३

पहिरो पीडित परिवारलाई जिप्रकाको राहत

पहिराले पुरिएर सोमबार निधन भएका तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलोका स्थानीयवासीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

पहिराले पुरिएर सोमबार निधन भएका तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलोका स्थानीयवासीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको छ ।

सो ठाउँका एकै परिवारका पाँच जनाको पहिराले पुरिएर मृत्यु भएपछि प्रशासन कार्यालयले जनही रु एक लाखका दरले रु पाँच लाख आज मृतकका आफन्तलाई वितरण गरेको हो ।

पहिराले पुरिएर स्थानीयवासी आम्बहादुर थापाका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको निधन भएको थियो ।

प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई रु एक लाख प्रदान गर्ने नीतिबमोजिम पाँच जनाको रु पाँच लाख गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मृतकहरुका बुबा आमबहादुर थापालाई हस्तान्तरण गरे । सो क्रममा मन्त्री गुरुङले जनताको दुःखमा सरकार साथमा रहेकाले केही राहत रकम उपलब्ध गराइएको बताए ।

मानिसको जीवनभन्दा रकम ठूलो नभए पनि विपद्को अवस्थामा रकमले पीडित परिवारलाई केही राहत पुग्ने बताउँदै मन्त्री गुरुङले मानिस कोही पनि अमर नरहेकाले ढिला चाँडो सबैले संसारबाट बिदा हुनुपर्ने भएकाले शोकको घडीलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए ।

भौगोलिक हिसाबले भैँसीकिलो सुरक्षित नभएकाले यहाँ बसोबास गरिरहेका घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने देखिएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रदेशभित्रका जोखिमयुक्त ठाउँको प्रदेश सरकारले अध्ययन गर्न लागेको बताउँदै मन्त्री गुरुङले जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरणको पहल गरिने जानकारी दिए ।

कोरोनाको महामारीसँगै अहिले प्राकृतिक विपत्ति आइपरेको र विपद् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर रहेको मन्त्री गुरुङले बताए । “प्राकृतिक विपद्ले प्रदेशभित्र ठूलो धनजनको क्षति भएको छ, प्राकृतिक विपद्का घटना अझै पनि घट्न सक्ने भएकाले थप सतर्कताको आवश्यकता छ,” मन्त्री गुरुङले भने ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विपद्का घटनाबाट मृत्यु हुनेका परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराइने जानकारी दिए ।

प्रदेश सरकारबाट पनि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार रकम उपलब्ध हुने प्रक्रियामा रहेको अधिकारीले बताए ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका तर्फबाट रु एक लाख राहत रकम उपलब्ध गराइसकेको र थप आवश्यक सहयोग गाउँपालिकाका तर्फबाट रहने प्रतिबद्धता जनाउनुभयो । यहाँ रहेका चार घरलाई सुरक्षित रुपमा स्थानान्तरणका लागि गाउँपालिकाका तर्फबाट पहल भइरहेको श्रेष्ठले बताए । रासस

प्रकाशित: Jul 15, 2020| 05:51 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।