मंगलबार, भदौ ९, २०८३

कोरोनाका सक्रिय संक्रमित ६,६९५

देशभर साढे ६ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

देशभर साढे ६ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा केही कमी आउनाका साथै कोरोना मुक्त भएर घर फर्कनेको सङ्ख्या बढेको भए पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा कूल छ हजार ६९५ सक्रिय सङ्क्रमित उपचारत छन् । अहिले सबैभन्दा कम प्रदेश नं १ मा १७१ र बढी सुदूरपश्चिम प्रदेशमा दुई हजार ५२३ सक्रिय सङ्क्रमित उपचाररत छन् ।

यसैगरी प्रदेश नं २ मा एक हजार ९०७, प्रदेश नं ५ मा ७४६, गण्डकी प्रदेशमा ५०२, वाग्मती प्रदेशमा ४५६ र कर्णाली प्रदेशमा ३७२ सङ्क्रमित आइसोलेशनमा रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

महोत्तरी, रौतहट, कैलाली र बाजुरामा अझै पनि ५०० भन्दा बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला कोरोना मुक्त भएका छन् ।

मंगलबारसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । अहिलेसम्म कूल सङ्क्रमितको ६०.५३ प्रतिशत कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् । कोरोनालाई परास्त गरेर घर फर्कनको सङ्ख्या १० हजार ३२८ रहेको छ ।

हालसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । वागमती प्रदेशमा नौ, सुदूरपश्चिम प्रदेशमा छ, गण्डकी प्रदेशमा पाँच तथा प्रदेश नं २ र कर्णाली प्रदेशमा चार(चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

साढे २४ हजार क्वारेन्टिनमा

अहिले पनि २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ हजार २१९ र सबैभन्दा कम कर्णाली प्रदेशमा एक हजार ८२१ जना क्वारेन्टिनमा रहेको प्रवक्ता प्राडा गौतमले जानकारी दिए ।

प्रदेश नं १ मा तीन हजार १४३, प्रदेश नं २ मा तीन हजार १०६, वाग्मती प्रदेशमा एक हजार ९८८, गण्डकी प्रदेशमा तीन हजार ९१३ र प्रदेश नं ५ मा चार हजार ५२६ क्वारेन्टिनमा बसिरहेका छन् ।

-रासस

प्रकाशित: Jul 15, 2020| 05:14 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।