मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व छलीको आरोपमा साढे ३७ करोड माग दाबीसहित मुद्दा

राजस्व छलीको आरोपमा साढे ३७ करोड माग दाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले दुई कम्पनीमाथि राजस्व छली गरेको आरोपमा ३७ करोड ६० लाख २८ हजार ७०० रुपैयाँ बराबरको बिगो र कैद दाबीसहित मुद्दा दायर गरेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- राजस्व अनुसन्धान विभागले दुई कम्पनीमाथि राजस्व छली गरेको आरोपमा ३७ करोड ६० लाख २८ हजार ७०० रुपैयाँ बराबरको बिगो र कैद दाबीसहित मुद्दा दायर गरेको छ।

विभागले सोमबार उच्च अदालत पाटनमा युनिक वाइड इन्टरनेसनल प्रालि र न्यु युनिक इन्टरनेसनलका सञ्चालकविरुद्ध झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको हो।

ती दुवै कम्पनीले वस्तु तथा सेवा खरिद नगरी झुटा तथा नक्कली भ्याट बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व छलेको विभागको दाबी छ।

दुवै कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १२ करोड ४२ लाख २८ हजार ६१७ रुपैयाँ, आयकरतर्फ २२ करोड ८० लाख ५९ हजार ३०९ रुपैयाँ र लाभांश करतर्फ २ करोड ५७ लाख ४० हजार ७७३ राजस्व चुहावट गरेको विभागले जनाएको छ।

राजस्व चुहावट ऐन २०५२ को दफा २ छ (१) बमोजिम ३७ करोड ६० लाख २८ हजार ७०० रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि हुन आएकाले दुवै कम्पनीमाथि मुद्दा दर्ता गरिएको विभागको भनाइ छ।

प्रकाशित: Jul 14, 2020| 19:27 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्