मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टीकरण- कसैको भावनामा ठेस पुर्‍याउन होइन, थप अनुसन्धानको कुरामात्र हो

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टीकरण- कसैको भावनामा ठेस पुर्‍याउन होइन, थप अनुसन्धानको कुरामात्र हो

विज्ञप्तिमा प्रधानमन्त्रीले गरेको टिप्पणी कुनै पनि राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामाथि ठेस पु¥याउने उद्देश्यले नभएको पनि उल्लेख गरिएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७


परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम र अयोध्याका विषयमा गरेको टिप्पणीबारे भएका ब्याख्या र प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रले भनेको छ, ‘श्रीराम र उनीसँग जोडिएका स्थानका बारेमा कैयौं मिथक र सन्दर्भहरु छन्। प्रधानमन्त्रीले श्रीराम, रामायण र यससँग जोडिएको सांस्कृतिक भूगोल र समृद्ध संस्कृतिबारे तथ्य पत्ता लगाउन थप शोध र अनुसन्धानको महत्वमा जोड दिनु भएको हो।’

प्रधानमन्त्रीले गरेको टिप्पणी अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यमाथि बहसका लागि नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
विज्ञप्तिमा विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको, सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्न पनि भनिएको छ।

परराष्ट्रले भनेको छ, ‘यी तथ्यले दुई देश र जनताबीच सम्मानित सांस्कृतिक सम्बन्ध रहेको इंगित गर्छन्।’

विज्ञप्तिमा प्रधानमन्त्रीले गरेको टिप्पणी कुनै पनि राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामाथि ठेस पु¥याउने उद्देश्यले नभएको पनि उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा २९ असारमा आयोजित एक कार्यक्रममा भगवान राम भारतको अयोध्यामा नभई नेपालको ठोरीमा जन्मिएको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेपाल र भारतमा तिब्र विरोध भएको थियो।

प्रकाशित: Jul 14, 2020| 19:10 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।