मंगलबार, भदौ ९, २०८३

शिक्षाका उपसचिवको गैरकानुनी कमाइ साढे चार करोड

शिक्षा मन्त्रालयअन्तर्गत एक जना उपसचिवले जागिर अवधिमा साढे चार करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- शिक्षा मन्त्रालयअन्तर्गत एक जना उपसचिवले जागिर अवधिमा साढे चार करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानअनुसार उपसचिव मनप्रसाद रेग्मीले चार करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको हो।

बर्दियाको बाँसगढी नगरपालिकामा कार्यरत रेग्मीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा १२ करोड ८० लाख बढी रकम जम्मा रहेको भन्दै नेपाल राष्ट्र बैंकले आयोगमा उजुरी दिएको थियो।

रेग्मीले आफू, पत्नी पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीका नाममा घरजग्गामा लगानी पाँच करोड ४९ लाख ८१ हजार ९ सय ४४ रुपैयाँ, जीवन बिमा प्रिमियम शुल्कबापत १ लाख ७७ हजार, सेयर खरिदमा एक लाख ४९ हजार ९ सय खर्च गरेको खुलेको छ।

यस्तै शैक्षिक खर्चमा २७ लाख ११ हजार एक सय १२, सवारीसाधन खरिदमा ८९ लाख २६ हजार ९ सय, लाभकरमा १० लाख ६६ हजार, कर्जा चुक्तामा १८ लाख ६६ हजार ९ सय, सुन खरिदमा एक लाख ५१ हजार खर्च गरेको खुलेको छ।

वैदेशिक निजी भ्रमणमा दुई लाख ६५ हजार र विभिन्न बैंक खातामा २८ लाख ४९ हजार चार सय ९१ रुपैयाँ खर्च गरेको खुलेको छ।

रेग्मीले जागिर अवधिमा खुल सात करोड ३१ लाख ४५ हजार दुई सय ९० रुपैयाँ खर्च तथा लगानी गरेकोमा दुई करोड ७७ लाख ११ हजार पाँच सय ९२ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ।

रेग्मीसहित पत्नी र छोरीलाई समेत विपक्षी बनाएर अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
२०५३ कात्तिक २२ गते जिल्ला शिक्षा कार्यालय, मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वनिक सेवाको पदमा प्रवेश गरी मिति २०७१ मंसिर १ मा उपसचिवमा बढुवा भएका थिए।

प्रकाशित: Jul 14, 2020| 18:21 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।